

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । विगत २४ घण्टामा १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता गौतमका अनुसार यसै अवधिमा १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन् । यीसँगै नेपालमा अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७ सय जना पुगेको छ । त्यस्तै कुल संक्रमितमध्ये हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३१७ जना पुगेको छ । विगत २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
त्यसैगरी नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ पुगेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार जसमध्ये होम आइसोलेसनमा ६ हजार ४३८ छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १० जनाको उपचार भइरहेको छ । अहिले क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ८ सय ६ जना पुगेको छ । त्यस्तै विगत २४ घण्टामा ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको थियो । यसरी नेपालमा अहिलेसम्म ८ लाख १० हजार ४८५ वटा नमूनाको पीसीआर परीक्षण भएको छ ।
News Desk 0 response बिहिबार, भदौ २५, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३



