• काठमाडौं । मंगलबार २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । तीमध्ये काठमाडौँमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना संक्रमित भएको मन्त्रालयको कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले जानकारी दिएका हुन् । उनका अनुसार यस अवधिमा १० हजार ६११ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो ।

    त्यसैगरी २४ घण्टाको अवधिमा उपत्यकासहित मुलुकभरबाट ९ सय २ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ । यीसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको छ । त्यसमध्ये अहिलेसम्म ३२ हजार ९६४ निको भइसकेका छन् भने मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।