

-
काठमाडौं । विगत २४ घन्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यस अवधिमा १० हजार ६११ वटा नमूनाको पीसीआर परीक्षण भएकोमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । यीसँगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
२४ घन्टामा २ हजार २८७ जना कोरोनामुक्त भई डिस्चार्ज भएको प्रवक्ता गौतमले बताएका छन् । एकै दिन निको भएर जानेको संख्यामा अहिलेसम्मकै धेरै हो । यसरी नेपालमा अहिलेसम्म कोेरोनाबाट निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । यो कुल संक्रमितमध्ये निको हुने दर ६८.५ प्रतिशत हो ।
त्यसैगरी सकृय संक्रमितको संख्या १४ हजार ८६८ जना पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ रहेको मन्त्रालयले बताएको छ । त्यस्तै अहिले क्वारेन्टाइनमा बस्नेको संख्या ५ हजार ३१० जना पुगेका छन् ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ३ सय ६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response मङ्लबार, भदौ २३, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



