

-
चितवन । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ । आइतबार राति चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवनका १९ सहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जिल्लाका १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक हजार पाँच पुगेको हो । चितवन मेडिकल कलेजको नतिजाअनुसार सङ्क्रमित हुने अन्यमा मकवानपुरका आठ, तनहुँका दुई र नवलपुरका एक जना रहेका छन् ।
हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र सङ्क्रमितको सङ्ख्या ६५७ जना पुगेको छ । यस्तै जिल्लाका पाँच नगरपालिकामध्ये रत्ननगरमा १२२, राप्तीमा ९७, खैरहनीमा ५४, माडीमा ५२ र कालिकामा १९ जना पुगेका छन् । इच्छाकामना गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या चार रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये १८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो पटक थपिएका १९ बाहेक जिल्लामा रहेका अन्य सङ्क्रमितमध्ये होम आइसोलेसनमा २५५ र संस्थागत आइसोलेसनमा ५३९ जना रहेका छन् । सङ्क्रमितमध्ये महिला ४०४ र पुरुष ५७८ रहेको कार्यालयले जनाएको छ । जिल्लामा १२ सङ्क्रमितको मृत्यु भइसकेको छ । जिल्लाका अस्पतालहरुमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । यस जिल्लामा गत वैशाख ५ गते पहिलो पटक सङ्क्रमण देखिएको थियो । रासस
News Desk 0 response सोमवार, भदौ २२, २०७७

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३



