• काठमाडौ । २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । तीमध्ये काठमाडौँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना संक्रमित देखिएका मन्त्रालयको कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले जानकारी दिएका हुन् । उनका अनुसार यस अवधिमा १० हजार ३८२ जनाको पीसीआर परीक्षण भएको थियो ।

    त्यसैगरी २४ घण्टाको अवधिमा उपत्यकासहित मुलुकभरबाट ९८० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये २९० महिला र ६९० पुरुष छन् । यीसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको छ । त्यसमध्ये अहिलेसम्म २८ हजार ९४१ निको भइसकेका छन् भने २८९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।