• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकहरुमा २ जना महिला र ७ जना पुरुष छन् । मृत्यु हुने महिलामा मोरङकी ६४, झापाकी ४५ वर्षीया रहेका छन् ।

    त्यसैगरी मृत्यु हुने पुरुषमा काठमाडौँका ७४, ६८ र ८५ वर्षीय, मोरङका ४५, पर्साका ७७, धनुषाका ३५ र चितवनका ७० वर्षीय रहेका छन् । यीसँगै नेपालमा अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या २८९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    २४ घण्टाको अवधिमा मुलुकभरबाट थप ९८० जनामा कोरोना संक्रमित थपिएसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको मन्त्रालयले बताएको छ । त्यसमध्ये अहिलेसम्म २८ हजार ९४१ निको भइसकेका छन् भने २८९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।