• काठमाडौं । विगत २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तीमध्ये २९० महिला र ६९० पुरुष छन् । मन्त्रालयको कोभिड–१९ ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण भएकोमा उक्त संस्थामा नयाँ संक्रमित थपिएको बताएका हुन् । यीसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको छ ।

    प्रवक्ता गौतमका अनुसार यसै अवधिमा थप १८ सय १४ जना डिस्चार्ज भएसँगै अहिलेसम्म निको हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । यो कुल संक्रमितको ६३ प्रतिशत हो ।

    त्यसैगरी नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामाथप ९ जनाको मृत्यु भएसँगै कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म २८९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।