• काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । शनिबारको कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले मृतक संख्याको पुष्टि गरेका हुन् । मृत्यु हुनेमा तीन महिला छ जना पुरुष छन् ।

    उनका अनुसार मृतक मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला छन् । त्यस्तै काठमाडौंका ४१, ५९ र ६५, पर्साका ७५, महोत्तरीका ७८ र रुपन्देहीका ४० वर्षीय पुरुष छन् । यीसँगै नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या २८० पुगेको छ ।