• काठमाडौं । नेपालमा शुक्रबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृतकमा १० पुरुष र ४ जना महिला छन् ।

    मृतक पुरुषमा सप्तरीका ५५ वर्षका २ जना, धनुषाका ६५ वर्षीय, रसुवाका ३१ वर्षीय, कास्कीका ३७ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय रहेका छन् ।

    त्यसैगरी चितवनकी ३५ वर्षीया, काठमाडौँका ८२, ६७ र २२ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । यसरी नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७१ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।