• काठमाडौं । विगत २४ घण्टामा कोरोना संक्रमणबाट विभिन्न जिल्लाका गरी थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमध्ये ४ महिला र २ जना पुरुष छन् । मन्त्रालयका अनुसार मृतकहरु भक्तपुरकी ४०, चितवनकी ४०, तनहुँकी ९२ र रुपन्देहीकी ७७ वर्षीया महिला छन् ।

    त्यस्तै सिन्धुपाल्चोकका ७७ र रुपन्देहीका ६५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले बताएको छ । यसरी नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५७ पुगेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।