

-
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अत्यधिक बृद्धि भएको छ ।
पछिल्लो विवरण अनुसार एकैदिनमा झण्डै ८४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ८८३ जना सङ्क्रमित भेटिएका छन् । यो संंख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुको भनाई छ ।
पछिल्लो थप सङ्क्रमितहरुसँगै भारतमा कुल सङ्क्रमितहरुको संख्या ३८ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ६७ हजार ३७६ जनाको मृत्यु भएको छ । तीमध्ये एक हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार कुल सङ्क्रमित ३८ लाख ५३ हजार ४०७ जना रहेकोमा २९ लाख ७० हजार ४९३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
त्यस बाहेक आठ लाख १५ हजार ५३८ जना भने अझै पनि सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।कोरोनाभाइरसको सङ्क्रमणको प्रभाव भारतका प्रदेशहरु मध्ये सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ । त्यस प्रदेशमा अहिलेसम्म दुई लाख दई हजार ४८ जना सङ्क्रमित भेटिएका छन् ।
भारतमा देशभरी एकैदिनमा ११ लाख ७२ हजार १७९ जनाको कोरोना परीक्षणका लागि स्वाब संंकलन गरिएको छ । भारतमा अहिलेसम्म साढे चार करोडभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । रासस/एएनआई
News Desk 0 response बिहिबार, भदौ १८, २०७७

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



