• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । तीमध्ये एक जना महिला र १० जना पुरुष छन् ।

    मन्त्रालयका अनुसार मृतकहरूमा एक महोत्तरीकी ४ वर्षीया बालिका रहेकी छन् । त्यस्तै महोत्तरीका ३७ वर्षीय, सिरहाका ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षीय, काठमाडौंका ७० र ३५ वर्षीय, मकवापनुरका ५८ वर्षीय पुरुष रहेका छन् । यीसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म २ सय ३९ पुगेको छ ।