• काठमाडौं । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमध्ये ३ महिला र ४ जना पुरुष छन् । मृतक महोत्तरीकी ४ वर्षीया बालिकासहित रुपन्देहीकी ६८ वर्षीया र गोरखाकी ६५ वर्षीया महिलाहरु छन् । त्यस्तै भक्तपुरका ७७ वर्षीय, रौटहटका ४० वर्षीय, झापाका ८६ वर्षीय र चितवनका ७८ वर्षीय पुरुषहरु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यीसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या २२८ पुगेको छ ।

    मन्त्रालयका अनुसार २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५९६ पुरुष र ३ सय ३ जना महिला छन् । यसरी अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।