• काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मृतकहरुमध्ये ५ जना महिला र ३ जना पुरुष छन् ।

    मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकहरुमा ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिला छन् । त्यस्तै काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५९ वर्षीय पुरुष छन् । यीसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।