• काठमाडौं । बिहीबार काठमाडौं उपत्यकाबाट मात्र ३७७ जना कोराना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तीमध्ये काठमाडौंका २७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जना रहेका छन् । भदौ १० गते उपत्यकामा ३०१ जना संक्रमित भएका थिए ।

    त्यसैगरी नेपालमा कूल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा उपत्यकासहित मुलुकभरबाट १ हजार १११ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयल प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका छन । सोही अवधिमा थप ५६९ जना कोरोनामुक्त भएसँगै अहिलेसम्म निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

    मन्त्रालयका अनुसार यस अवधिमा १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको बताएका छन् । यसरी हालसम्म ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण भएको छ ।