• काठमाडौं । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार १११ जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको संख्याबारे पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कूल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनले यस अवधिमा १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको बताएका छन् । यसभन्दा पहिले गत भदौ २ गते १ हजार १६ जना कोरोना संक्रमित भएका थिए ।

    त्यसैगरी सोही अवधिमा ५६९ जना कोरोनामुक्त भएको प्रवक्ता डा. गौतमले बताए । यसरी अहिलेसम्म जितेर घर फर्किनेको संख्या २० हजार ७३ पुगेको छ ।

    मन्त्रालयका अनुसार अहिले देशभरि क्वारन्टीनमा ९ हजार ४८८ जना रहेका छन् । त्यस्तै हालसम्म ६ लाख ४७ हजार ८८१ जनाको पीसीआर परीक्षण भएको छ ।