• काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएकोमा उपत्यकाबाट मात्र २३२ जना थपिएको बताएका छन् । तीमध्ये काठमाडौंका १९९, ललितपुरका १९ र भक्तपुरका १४ जना छन् ।

    मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. गौतमले उपत्यकाका २३२ सहित मुलुकभरबाट ८ सय ५५ जना कोरोना संक्रमित थपिएको बताए । यसरी कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । यीमध्ये अहिलेसम्म कुल डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या १६४ पुगेको मन्त्रालयले बताएको छ ।