• काडमाडौं । शनिबाट उपत्यकामा २१६ जना नयाँ संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा १२ हजार ५१९ वटा नमूनाको पीसीआर परीक्षण भएकोमा उपत्यकाबाट मात्र २१६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

    संक्रमितमध्ये काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । भदौ ५ गते उपत्यकामा १८२ जना संक्रमित भएका थिए ।

    उपत्यकासहित मुलुकभरबाट पछिल्लो २४ घण्टा ६३४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको प्रवक्ता डा. जानकारी दिएका छन् । त्यस्तै हालसम्म निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ । त्यस्तै १२ हजार ६२१ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । यीसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।