• काडमाडौं । पछिल्लो २४ घण्टामा ६३४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका नयाँसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको जानकारी दिएका छन् । उनले यसअवधिमा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ५१९ वटा नमूनाको पीसीआर परीक्षण भएको बताए ।

    प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोना मुक्त भइ १३६ जना घर फर्किएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

    त्यसैगरी १२ हजार ६२१ जना सक्रिय संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ११ हजार ६ सय ५८ जना पुगेको मन्त्रालयले बताएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । यीसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।