

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार थप ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको कोभिड–१९ ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका प्रयोगशालामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण हुँदा उक्त संख्यामा नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।
त्यसैगरी बिहीबार थप २६३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको प्रवक्ता डा. गौतमले बताए ।
मन्त्रालयका अनुसार आइसोलेसनमा रहनेको संख्या ११ हजार ५५५ रहेको छ । अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७६८ जना पुगेको छ । मुलुकभरबाट अहिलेसम्म ५ लाख ६६ हजार १५ वटा नमूनाको पीसीआर विधिबाट परीक्षणहरु गरिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मृतकमध्ये काठमाडौंकी एक महिला, मकवानपुर र सप्तरीका एकएक पुरुष छन् भने पर्सामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने १२६ पुगेको छ ।
News Desk 0 response बिहिबार, भदौ ४, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



