• काठमाडौं । सोमबार थप ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न प्रयोगशालामा ११ हजार ५२० वटा नमूनाको परीक्षण गरिएकामा उक्त संख्यामा नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कुल संक्रमिको संख्या २७ हजार २४१ पुगेको छ ।

    आज थपिने नयाँ सक्रमितमा काठमाडौं उपत्यकाका मात्र १६८ जना छन् । तीमध्ये काठमाडौंका १०९, ललितपुरका १५ र भक्तपुरका १४ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले पुष्टि गरेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यीसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । त्यस्तै देशभर ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । क्‍वारेन्टाइनमा बस्‍नेहरुको संख्या १५ हजार १ सय ९८ पुगेको मन्त्रालयको तथ्यांमा उल्लेख गरिएको छ ।

    त्यसैगरी नेपालमा कोरोनाकै कारण ज्यानको संख्या १०७ पुगेको छ ।