• काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट थप ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयय प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बारामा २, मोरङमा १ र सिरहामा १ जनाको मृत्यु भएको हो । यीसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

    नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा नयाँसहित कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको प्रवक्ता डा. गौतमले बताएका छन् । पछिल्लो २४ घण्टामा २४० जना कोरोनामुक्त भएका छन् । यीसँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ भने कुल संक्रमितमध्ये अहिले ७ हजार ९१३ जनाको उपचार भइरहेको छ । उनीहरु सक्रिय संक्रमित हुन् ।

    मन्त्रालयका अनुसार विगत २४ घन्टामा ११ हजार ५ सय ७५ वटा नमूनाको पीसीआर परीक्षण भएको थियो ।