• काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ जना कोभिड–१९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थपिएका नयाँ संक्रमितमा काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ गरी कुल ११९ जना छन् । बिहीबार १२७ जनामा संक्रमण पुष्टि भएको थियो ।

    त्यसैगरी शुक्रबार मुलुकभरबाट ५९४ जना संक्रमित थपिएका छन् । यीसँगै नेपालमा कोभिड–१९ संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको प्रवक्ता डा. गौतमले बताएका छन् । सोही अवधिमा थप २ सय ४० जना कोरोनामुक्त भएसँगै हालसम्म १७ हजार ७७ जना कोरोना जितेर घर फर्किका छन् ।

    त्यसैगरी शुक्रबार पथ चार जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसरी हालसम्म मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा पुरुष ७७ र महिला २२ जना रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

    मन्त्रालयका अनुसार अहिले देशभरिका क्वारन्टीनमा १४ हजार ६३८ जना छन् । हालसम्म ४ लाख ९४ हजार ६१३ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको गरिएको छ ।