

-
काठमाडौं । विगत २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न स्थानका ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् । यीसँग नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेहरुमा अछामका १८ वर्षीय युवाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । मुटुका रोगी उनको साउन २८ गते निधन भएको थियो । त्यस्तै, मोरङका ५७ वर्षीय पुरुषको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका हो । मधुमेह तथा उच्च रक्तचापबाट पीडित उनको पनि साउन २८ गते मृत्यु भएको थियो । क्षयरोगका बिरामी महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा साउन २५ गते मृत्यु भएको थियो । त्यसैगरी धनुषाकी ८५ वर्षीया महिलाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार बिहीबार मुलुकभरबाट थप ५२५ संक्रमित थपिएसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २४ हजार ९५७ पुगेको छ । त्यसैगरी संक्रमितमध्ये अहिले ८ हजार २५ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ७ सय ६९ रहेको छ ।
विगत २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् । यीसहित अहिलेसम्म १६ हजार ८ सय ३७ जना कोरोनामुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
News Desk 0 response बिहिबार, साउन २९, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



