

-
काठमाडौं । शनिबार मुलुकभरबाट ३७८ जना कोराना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । उनले पछिल्लो २४ घण्टामा ७ हजार ७७८ जनाको पिसीआर परीक्षण भएको बताएका थिए ।
प्रवक्ता गौतमले आज काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएको बताएका छन् । उनका अनुसार काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जना रहेका छन् ।
मन्त्रालयको नियमित अपडेटमा प्रवक्ता डा. गौतमले सोही अवधिमा थप ४९९ जना कोरोनामुक्त भई डिस्चार्ज भएको बताए । अहिलेसम्म कोरोना जितेर निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।
मन्त्रालयले कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसरी अहिलेसम्म मृत्यु हुनेको संख्या ७३ पुगेको छ । त्यस्तै मुलुकभरका क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन् । अहिले सक्रिय संक्रमितको संख्या ६ हजार २०६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । यस्तै अहिले कोरोना संक्रमित नभएका जिल्लामा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला छन् ।
News Desk 0 response शनिबार, साउन २४, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


