

-
इलाम । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो । हालसम्म यस गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् । उनका अनुसार जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने अन्य गरी इलाममा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ पुगेको छ ।
त्यस्तै १५ गते नै इलामको रोङ गाउँपालिकाबाट समेत १५४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको रिपोर्ट नेगेटिभ आएको हो । कारोना फोकल पर्सन बरालका अनुसार इलाममा समुदायमा कोरोना नफैलिएकाले ढुक्क हुन सर्वसाधारणलाई उनले आग्रहसमेत गरेका छन् ।
News Desk 0 response बिहिबार, साउन २२, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



