

-
जेनेभा । विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ ।
संक्रमित मध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ६३ हजार ५५५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६३ हजार ६१४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४० लाख २८ हजार ७३३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४४ हजार ९५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३३ लाख ७५ हजार ५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २१ हजार ४१५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४७ लाख २२ हजार ३६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९९ हजार ७८३ जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख २ हजार ९७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ७४९ को मृत्यु भएको छ । एसिया ३५ लाख ३१ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८२ हजार ७२३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ७ लाख ५३ हजार९१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ७७९ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ५८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५० जनाको मृत्यु भएको छ । एएफपी
News Desk 0 response बुधबार, साउन ७, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२