

-
नयाँ दिल्ली । भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।
योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ५४३ विरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ८१६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।
भारतमा आइतबारसम्म निकोभई घर फर्किने कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या छ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति सङ्क्रमित रहेका छन् ।
सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ सङ्क्रमण परीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ भने यसमध्ये शनिबार तीन लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । एएनआई
News Desk 0 response आइतवार, साउन ४, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२