

-
काठमाडौँ । कोभिड– १९ बाट सिर्जित जोखिमका बीच आइतबार विश्व खाद्य स्वच्छता दिवस ‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ मूल नाराका साथ मनाइँदैछ ।
उक्त दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा शनिबार आयोजित कार्यक्रमका सहभागी विज्ञले कोभिड–१९ को सङ्क्रमणको जोखिमबाट बच्न सुरक्षित र गुणस्तरीय भान्साका आवश्यक सरुक्षाका आवश्यक उपाय अपनाउन सुझाव दिए । खाद्यान्नबाट मानिसमा उक्त रोगको सङ्क्रमण भएको हालसम्म कुनै प्रमाण नभेटिएको उल्लेख गर्दै वक्ताले लकडाउन खुकुलो भएको अवस्थामा उपभोक्ता र बिक्रेताले अझ बढी सजग र सतर्क हुन आवश्यक रहेको धारणा राखेका थिए ।
त्रिभुवन विश्वविद्यालयका प्रा डा गङ्गा खरेलले खाद्य पदार्थमा स्वच्छता कायम गर्न नसकिएको खण्डमा गरिब र निमुखा जनता नै त्यसको मारमा पर्ने बताए । खाद्य स्वच्छता सङ्क्रमण फैलिने र नफैलिन दुवै रोगका लागि महत्वपूर्ण रहेको जानकारी दिँदै प्राध्यपक खरेलले सबैखाले स्वास्थ्य खाद्यान्न र फलफूलको सन्तुलित आहारले कोभिड– १९ सँग प्रतिरोध गर्ने क्षमता विकास गर्ने जानकारी दिए ।
उनले भने, “कोभिड १९ होस् वा नहोस् मानिस बच्ने सबैभन्दा ठूलो औषधि खाना हो, खाद्यान्नकै कारण मानिसलाई २०० थरी रोग लाग्छ, १० जना मानिसमध्ये एक जना खाद्यान्नकै कारण बिरामी हुन्छन्, त्यसकारण अहिले रोगसँग डराउने होइन, सजग र सावधानी अपनाउने हो ।” भूकम्पले हाम्रा गाउँघरमा नयाँ घर दिएजस्तै कोभिडले पनि विश्वको स्वास्थ्य क्षेत्रमा रुपन्तरण ल्याउने विश्वास व्यक्त गर्दै प्रा डा खरेल भने, “कोभिडबाट बच्चका लागि प्रतिरोध क्षमता विकासका लागि शारीरिक व्यायम गर्न, सन्तुलित आहार, मनमस्तिष्कलाई शान्त राख्न, बसाइ सकारात्मक सोच र शान्त वातावरण बनाउन आवश्यक हुन्छ ।”
विभागका वरिष्ठ विशेषज्ञ भीमप्रसाद पुलामीले भने, “तरकारीलगायतका खाद्यवस्तु बजारहुँदै भान्सासम्म कसरी सुरक्षित तुल्याउने भन्नेमा क्रेता र बिक्रेता सावधानी अपनाउनुपर्छ, यद्यपि तरकारी वा खाद्यान्नबाट कोभिडको सङ्क्रमण फैलिएको कुनै प्रमाण हालसम्म भेटिएको छैन ।”
उनले भने, “ऋतु, काल, समय, स्थान विशेष र शरीरिक प्रकृतिअनुसार हितकारी, प्राकृतिक सन्तुलित रोगनाशक खानपान हुनुपर्छ, खानेकुरा मात्र, रुचि एवं मनोभावनाअनुरुपको सन्तुलनयुक्त हुनुपर्छ ।” प्राकृतिक पदार्थमध्ये अन्न सबैभन्दा उत्पादन भएको हुनाले त्यही अन्न सबैका लागि औषधि भएको पौराणिक ग्रन्थमा समेत उल्लेख भएको बताउँदै वक्ताले त्यही अन्नलाई ठीक ढङ्गले प्रयोग गर्न नसक्दा मानिसलाई रोगी तुल्याउँदै आएको धारणा व्यक्त गरेका थिए ।
खाना तयार गर्न अघि पकाउने व्यक्तिले सरसफाइमा ध्यान दिने तथा खाना तयार गर्ने स्थान, भाडावर्तन र प्रयोगमा आउने अन्य सामग्री सफा गर्न सुझाव दिँदै विभागले खाना तयार गर्दा राम्रोसँग पकाउन, काँचो र पकाएको खानेकुरा अलगअलग एकआपसमा सम्पर्कमा नआउने गरी सुरक्षित तापक्रममा भण्डारण गर्न आम नागरिकलाई सल्लाह दिएको छ । नेपालमा भने विगत १२ वर्षदेखि यो दिवस मनाउँदै आएका छौँ । रासस
News Desk 0 response शनिबार, जेष्ठ २४, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



