

-
काठमाडौँ । शनिबार थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोशालामा गरिएको परीक्षणका क्रममा ३ सय २३ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् । उनले नयाँ थपिनेमा २८६ पुरुष र ३७ जना महिला भएको बताएका छन् । यीसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३२ सय ३५ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङमा ६, सुनसरीमा ५, सप्तरीमा ८, नवलपरासीमा ३, बाँकेमा १२, बर्दियामा २८, कास्कीमा ३, स्याङ्जामा १०, बागलुङमा १, बझाङमा ६, कञ्चनपुरमा २, अछाममा १, कैलालीमा २, डडेलधुरामा १, दैलेखमा ४७, डोल्पामा १, सुर्खेतमा १०, जाजरकोटमा ४, सल्यानमा ३८, अर्खाखाँचीमा १, नवलपरासीमा २, रुपन्देहीमा ३, भक्तपुरमा १, धनुषामा ८, कपिलवस्तुमा ३९, काठमाडौंमा ४, महोत्तरीमा ३५, रौटहटमा ६ र सर्लाहीमा २७ जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा थप ३२ जना निको भएर डिस्चार्ज भएका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ । त्यसैगरी थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या १३ पुगेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । उनले मृत्यु हुनेमा डोल्पाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिला रहेको बताएका छन् ।
मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआरबाट ९२ हजार चार सय ७७ र आरडीटी विधिबाट एक लाख ३७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआरबाट चार हजार एक सय ११ र आरडीटी विधिबाट पाँच हजार पाँच सय ७० जनाको नमुना परीक्षण गरिएको छ । अहिले देशभरि १ लाख ६८ हजार ३१ जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा रहेको बताइएको छ ।
News Desk 0 response शनिबार, जेष्ठ २४, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



