

-
काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले आगामी आवको बजेटले कोरोना भाइरसको रोकथाम र त्यसबाट प्रभावित भएका नागरिकको जीवन रक्षामा ध्यान पुर्याउन नसकेको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाद्वारा प्रस्तुत ‘विनियोजन विधेयक २०७७’ माथिको सैद्धान्तिक छलफलका क्रममा उक्त पार्टीका सांसदले बजेट प्रभावितलाई सम्बोधन गर्नाको साटो अन्यत्रै परिचालन गरिएको टिप्पणी गरेका हुन् ।
विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले विधेयकमा छलफल गर्ने बेलामा कुन स्रोतबाट पैसा आउँछ भनेर संसदलाई स्पष्ट रुपमा जानकारी दिनुपर्ने माग गरे । आर्थिक गतिविधि अघि बढाउन कहाँबाट कसरी रकम आउँछ भनेर स्पष्ट खुलाउनुपर्नेमा उनले जोड दिएका थिए ।
सोही पार्टीका उमा रेग्मीले राम्ररी कोरोनाको उपचार हुन नसकेको अवस्थामा काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ बजेट स्वास्थ्यभन्दा रक्षातिर केन्द्रित गरिएको भन्दै आपत्ति प्रकट गरिन् । उनले रोजगारीबाट फर्किएका युवालाई आकर्षित गर्ने बजेट खै भन्ने प्रश्न गरेकी थिइन् । बजेट महिलामैत्री समेत नभएको उनको भनाइ थियो ।
अर्का सदस्य देवेन्द्रराज कँडेलले सरकारको नीतिले विद्युतीय र अटो व्यवसायीलाई धराशायी बनाएको आरोप लगाए । सांसद दिलेन्द्रप्रसाद बडुले बजेटको प्राथमिकता भनेकै कोरोना महामारी नियन्त्रण र प्रभावित जनताको जीवन रक्षा हुनुपर्नेमा सरकारको ध्यान त्यसतर्फ जान नसकेको आरोप लगाए ।
सांंसद डिला सङ्ग्रौलाले विनियोजित विधेयक कार्यकर्तामुखी भएको आरोप लगाइन् । अपारदर्शी र परम्परागत रुपमा आएको विधेयक कोरोना रोक्ने विषयमा केन्द्रित नभएको उनले बताइन् । सांसद उमाकान्त चौधरीले स्वास्थ्य क्षेत्रमा भएका चुनौती नियन्त्रण गर्नु नै आजको आवश्यकता भएको उल्लेख गरेका थिए ।
News Desk 0 response सोमवार, जेष्ठ १९, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२