

-
काठमाडौँ । सोमबार दिउँसो थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको हो । यसअघि आजै ७२ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा गरी नयाँ ७ जना संक्रमण देखिएको बताएका हुन् ।
उनका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशला, भेरी अस्पतालको प्रयोगशाला र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती नयाँ संक्रमित फेला परेका हुन् । नयाँ संक्रमितमा अछाम मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुष, बर्दिया गुलरिया नगरपालिका–२ र १० क्रमशः १८, २२ र २४ वर्षीय पुरुष तथा पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरुष तथा काठमाडौँ महानगरपालिका–१५ घर भएका बाराको कलैयामा काम गर्ने २८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको पुष्टि भएपछि मृत्यु हुनको संख्या नेपालमा ४ पुगेको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को संक्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक/एक जनाको निधन भएको थियो ।
त्यसैगरी आज २५ जना कोरोना जितेर घर फर्किएका छन् । आज डिस्चार्ज भएका २५ जनासँगै घर फर्कनेको संख्या ११२ जना पुगेको छ ।
News Desk 0 response सोमवार, जेष्ठ १२, २०७७

सम्बन्धित शीर्षकहरु
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको..
शुक्रबार, माघ १०, २०८२
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
शुक्रबार, माघ १०, २०८२
-
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ..
बिहिबार, माघ २, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२



