

-
काठमाडौँ । नेपालमा सोमबार नै थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि ९ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ३५७ पुगेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ पुरुष र एक महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।
त्यसैगरी धुलिखेल अस्पतालको प्रयोगशालामा चार (धादिङ, धनुषा, रौतहट र दाङका एक(एक) जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा मोरङका एक पुरुष र भैरहवाको प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका एक पुरुषमा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
सङ्क्रमितहरू सबै १८ देखि ४६ वर्ष उमेर समूहका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित सबैको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर विधिबाट ३० हजार ७ सय २३ जना र आरडीटी विधिबाट ६९ हजार ५ सय ६० जनाको नमुना परीक्षण भएको छ ।
पछिल्लो तथ्यांक अनुसार नेपालका ३१ जिल्लाका नागरिकहरूमा कोरोना भाइरसको संक्रमण फैलिएको पाइएको छ ।
News Desk 0 response सोमवार, जेष्ठ ५, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



