• काठमाडौं । रौतहट र बारामा गरी थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको बताइएको छ ।

    जसमा रौतहट, इशनाथ नगरपालिका २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरू छन् भने रौतहट माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेकी छन् ।

    त्यसैगरी बारा, करैयामाई–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले अध्यावधिक गरेको विवरणमा जनाइएको छ ।