

-
काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड-१९) का कारण एक महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन् । उनको बिहीबार राति मृत्यु भएको थियो ।

ती महिला बैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भई २४ गते बच्चा जन्माएर २५ गते डिस्चार्ज भएकी थिइन् । उनलाई घर पुगेपछि स्वास्थ्यमा समस्या देखिएसँगै धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारका लागि धुलिखेल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा मृत्युको कारण कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी शनिबार राति थप २ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु धनुषा निवासी २० तथा ६५ वर्षीय पुरुषहरु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसंगै नेपालमा सङ्क्रमितको संख्या २८१ पुगेको छ।
News Desk 0 response शनिबार, जेष्ठ ३, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



