• काठमाडौँ । नेपालमा शनिबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार बर्दियाको नार्खु-११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर९४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको बताइएको छ ।

    सहप्रवक्ता डा. अधिकारी उनका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।