

-
सप्तरी । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका सप्तरीका १८ वर्षीय युवकको प्रत्यक्ष सम्पर्कमा आएका उनका परिवार र साथीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको २३ जनाको स्वाबको पिसीआर नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना पुष्टि भएका डाकनेश्वरी नगरपालिका–३ का युवकको प्रत्यक्ष सम्प्र्कमा आएकी उनकी आमा, हजुरबुबा र हजुरआमा तथा चितवनबाट सँगै आएका १२ जना साथीको स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यसैगरी डाकनेश्वरी नगरपालिका–५ पातोस्थित क्वारेन्टाइनमा सङ्क्रमित युवकसँगै कोठामा बसेका दुई, कपिलवस्तुबाट आएका तीन र नियमित क्वारेन्टाइनको ड्युटीमा रहेका दुई प्रहरी र एक स्वास्थ्यकर्मीको समेत स्वाबको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
निमित्त प्रमुख यादवका अनुसारे मङ्लबार उनीहरुको स्वाब सङ्कलनपछि परिवारका दुई महिला र २१ पुरुषलाई पातोस्थित क्वारेन्टाइनमा राखिएको छ । स्वाबको रिपोर्ट नेगेटिभ आए पनि सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका उनीहरुलाई अझ एक साता पातोस्थित क्वारेन्टाइनमै राखिने जनाइएको छ । स्वाब परीक्षणको रिपोर्ट आउनु अघिल्लो रात आइतबार सङ्क्रमित युवकलाई घर पठाइएको र सङ्क्रमण पुष्टि भएपछि उनका परिवारका आमा, हजुरआमा र हजुरबुवालाई क्वारेन्टाइनमा राखिएको हो । लकडाउनका बेला चितवनबाट वैशाख ८ गते मध्यराति निक्लिएर उनीसहित १३ मजदुर ट्रक, ट्र्याक्टर र पैदल हुँदै वैशाख ९ गते सप्तरी आएका थिए । डाकनेश्वरी नगरपालिका–३ का वडाध्यक्ष प्रदीप भनिने अरुणकुमार साहका अनुसार १३ जनालाई घर जान नदिइ सोझै क्वारेन्टाइनमा राखिएकामा पिसीआर रिपोर्ट नआउँदै आइतबार राति युवकलाई घर जान दिइएको थियो ।
स्वास्थ्यकर्मीले वैशाख २२ गते सङ्क्रमित युवकसँगै चितवनबाट आएका १३ जनामध्ये छ जनाको आरडिटी परीक्षण गरेको थियो । बाँकी सात र क्वारेन्टाइनमा बसेका अन्य तीनको वैशाख २६ गते स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रतिष्ठानमा पठाइएको थियो । आरडिटी परीक्षण गरिएका छ युवालाई वैशाख २२ गते र बाँकी सात जनालाई आइतबार होम क्वारेन्टाइनमा बस्ने परामर्श दिएर घर पठाइएको थियो । आधिकारिकरूपमा युवकसहित १० जनाको परीक्षण रिपोर्ट सोमबार मात्र आएको थियो । जसमा एक युवकको रिपोर्ट पोजेटिभ आएपछि उनलाई राजविराजस्थित आइसालेसन वार्डमा राखिएको छ ।
सङ्क्रमित युवकको सम्पर्कमा आएकाहरुको अझै खोजी भइरहेको र सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रयाकिङ र ट्रेसिङ गरी पिसीआर परीक्षण बढाइने निमित्त प्रमुख यादवको भनाइ छ । बिहीबार पनि सुरुङ्गा, शम्भुनाथ, राजगढ, राजविराजलगायतबाट ११ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठान पठाइएको बताइएको छ । रासस
News Desk 0 response शुक्रबार, जेष्ठ २, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



