

-
काठमाडौँ । सरकारले कोरोनाका संक्रमित २४५ नै रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १०ः१५ बजे पछिल्लो विज्ञप्ति जारी गरी नयाँ देखिएका पाँच संक्रमित पुरानै रहेकाले संक्रमितको संख्या २४५ जना नै रहेको स्पष्ट पारेका छन् ।
यसअघि मन्त्रालयले ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा धनुषा, महोत्तरी र सर्लाही तीन जिल्लाका पाँच जना नयाँ सङ्क्रमित भनिएकामा सच्याइएको उनले जानकारी दिएका छन् । “अद्यावधिक विवरणअनुसार कोभिड –१९ को पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ पछिल्लो अद्यावधिक विवरणअनुसार २५० भएकामा प्राविधिक कारणले पहिल्यै नै पुष्टि भएका पाँच जनाको विवरण पुनः रिर्पोटिङ भएको जानकारी गराउन चाहन्छु ।”
यसअघि मन्त्रालयले २५० जनामा कोभिड –१९ भएको पुष्टि गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले आज देखिएका नयाँ संक्रमितमध्ये काठमाडौँ, चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको बताएका छन् । मन्त्रालयले पहिले बिहान ६ः१५ बजे दुई र पछि ७ः४५ बजे पाँच जना नयाँ संक्रमित भन्दै विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।
News Desk 0 response बिहिबार, जेष्ठ १, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



