

-
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले कोभिड–१९ को महामारीका कारण नियमित स्वास्थ्य सेवा अवरुद्ध भइरहे नेपालमा प्रतिदिन थप २२ बालबालिकाको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको छ ।
युनिसेफले ‘द ल्याण्डसेट ग्लोबल हेल्थ’ मा हालै प्रकाशित जोन्स हप्किन्स ब्लुमबर्ग जनस्वास्थ्य शिक्षालयका शोधकर्ताले गरेको अध्ययनलाई उल्लेख गर्दै नेपालमा आगामी ६ महिनासम्म प्रतिमहिना थप ६७० जनासम्म बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएको हो ।
पहिल्यै कमजोर अवस्थामा रहेका स्वास्थ्य प्रणालीलाई कोभिड–१९ ले ध्वस्त पारेको हालको अवस्थामा रोकथाम गर्न तत्काल पहल गर्न नसकिए विभिन्न रोगबाट दक्षिण एशियामा प्रतिदिन थप दुई हजार ४०० बालबालिकाको मुत्यु हुन सक्ने चेतावनी दिइएको छ ।
प्रक्षेपणले नियमित स्वास्थ्य सेवामा आएको अवरोध र ख्याउटेपनका कारण बालबालिकामा त्यस प्रकारको असर पर्ने जनाइएको छ । युनिसेफका दक्षिण एबियाका क्षेत्रीय स्वास्थ्य सल्लाहकार डा पल रटरले कोभिड–१९ को समयमा पनि सुत्केरी सेवा, बाल स्वास्थ्य तथा पोषण सेवाको उपलब्धता सुनिश्चित गर्नु अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् ।
News Desk 0 response बुधबार, बैशाख ३१, २०७७

सम्बन्धित शीर्षकहरु
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३
-
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती
बुधबार, साउन २७, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



