

-
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा साामजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुुभकामना व्यक्त गरेका छन् ।
उनले हाल कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका, असङ्गठित र सङ्गठित क्षेत्रका मजदुरले रोजगारी गुमाउनुपर्नेसम्मको अवस्था सिर्जना भएकाले राज्यलाई तत्कालीन र दीर्घकालीन योजनासहित राहत र सहयोगका कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
१३१औँ अन्तर्राष्ट्रिय श्रमिकका दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै सभामुख सापकोटाले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका मात्रै नभएर श्रमका लागि विश्व बजारमा पुुगेका लाखौँ नेपाली मजदुरका विषयमा पनि गम्भीर हुनुपर्ने अवस्था आएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, “जारी बन्दाबन्दीका कारण उद्योग धन्दा, कलकारखाना तथा निर्माण परियोजना बन्द हुँदा श्रम तथा उत्पादनका काम रोकिने अवस्था छ । आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीसहित सतर्कतापूर्वक श्रममा जाने वातावरण छिट्टै बनाउनुपर्ने राज्यको दायित्व छ ।” सभामुख सापकोटाले मजदुर वर्गको ठूलो योगदानबाट बनेको नेपालको संविधान–२०७२ ले सुनिश्चित गरेका हक मजदुर वर्गले प्रयोग गर्ने वातावरण छिट्टै बन्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, “स्वदेशमै श्रम अवसरको ग्यारेन्टी, श्रमअनुरुपको पारिश्रमिक र मजदुरको सामाजिक सुरक्षाका विषयमा पहल लिन सङ्घीय संसद् सदैव तयार रहेको विश्वास दिलाउँछु ।”
News Desk 0 response शुक्रबार, बैशाख १९, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३



