

-
कास्की । जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि र्यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) शुरु भएको छ ।
शुक्रबार रुपा गाउँपालिबाट परीक्षण शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । रुपाका दुई वडाका आठ जनाको परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख बाबुराम आचार्यले बताए ।
चैत महिनामा विदेशबाट आएका सबैको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि परीक्षण गर्ने सरकारी नीतिअनुसार जिल्लामा लकडाउनअघि आएका सबै जनाको परीक्षण गर्न लागिएको उनले जानकारी दिए । आरडिटी किटमार्फत कोरोना परीक्षण गर्दा १५ मिनेटमै नतिजा आउने बताइन्छ ।
“जिल्लामा आरडिटी परीक्षण शुरु भएको छ । सम्बन्धित स्वास्थ्यकर्मीलाई कार्यालयबाट परीक्षणको तालिम दिएर पठाएका छौँ । तीन÷चार दिनभित्रमा विदेशबाट आएका र परीक्षणको मापदण्डमा पर्नेको जाँच गरिसक्छौँ”, आचार्यले भनेका छन् । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित फेला परेका नौमध्ये आठ जना विदेशबाट आएका रहेकाले चैत महिनायता विदेशबाट फर्किएकाको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सबैको परीक्षण गर्न लागिएको हो ।
पोखरा महानगरपालिकाभित्र परीक्षण मापदण्डमा परेका ३८८ रहेकामा सीमित मात्रामा किट आएकाले परीक्षण शुरु गर्न अन्योल भएको स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए । महानगरलाई २४० थान मात्र किट प्राप्त भएकाले सबैको परीक्षण गर्न कठिनाइ हुने भएकाले व्यक्तिगत रेकर्ड हेरेर भेरिफाइ गरी मात्र परीक्षण शुरु गर्ने तयारी गरिएको बताइएको छ ।
सङ्घीय सरकारले प्रदेश सरकारलाई कोरोना र्यापिड टेष्टका लागि पाँच हजार थान किट बिहीबार उपलब्ध गराएसँगै प्रदेशका नौ जिल्लामा परीक्षण शुरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । मनाङ र मुस्ताङमा समेत आजदेखि परीक्षण हुने बताइएको छ ।
News Desk 0 response शनिबार, चैत्र २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



