

-
डोटी । जिल्लाका नौवटा स्थानीय तहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३ सय ३० जनाको कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि नमूना सङ्कलन गरिएकोे छ ।
क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब सङ्कलनका लागि जिल्ला आएका स्वास्थ्य टोली आज कैलालीतर्फ प्रस्थान गरेको छ । सो टोलीले कैलाली जिल्लामा पनि स्वाब सङ्कलन गर्ने बताइएकोे छ ।
भारतका विभिन्न शहरबाट कामगरी घर फर्किएकालाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको स्वाब सङ्कलन गरिएको कोभिड–१९ डोटीका सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले बताए । उनले भने, “क्वारेन्टाइनमा भएका नागरिकको हामीले स्वाब सङ्कलन गरेका छौँ, सङ्कलन गरिएको ती नमूनाको अब परीक्षण हुनेछ ।” क्वारेन्टाइनमा राखिएकाको नमूना अर्थात् स्वाब सङ्कलन गर्न प्राविधिकहरुको टोली बुधवार बिहान डोटी पुगेको थियो । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणका बिरामीको सङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब सङ्कलनका लागि विशेषज्ञ डाक्टर सहितको टोली मङ्गलवार अछाम र बुधवार डोटी आइपुगेको हो ।
टोलीले जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीबाट सबैभन्दा बढी नागरिकको स्वाब सङ्कलन गरेको छ । उक्त गाउँपालिकामा सबैभन्दा बढी भारतबाट काम गरी आएका नागरिक क्वारेन्टाइनमा भएका कारण बढी मात्रामा स्वाब सङ्कलन भएको कोभिड–१९ डोटीका सम्पर्क व्यक्ति विष्टले जानकारी दिए । उक्त गाउँपालिकामा दुई जना सुरक्षाकर्मी सहित ७६ जनाको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलनमा नेपाली सेना, सशस्त्र प्रहरी र निजामति चिकित्सकका टोली रहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जनाकारी दिए । टोलीले सङ्कलन गरेको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको उनले बताए ।
जिल्लाका ६ ठाउँमा स्वाब सङ्कलन गरिएको थियो । जिल्लाका नौ स्थानीय तहमध्ये केआइसिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका लागि राजपुर, बोगटान फुडसिल गाउँपालीकाका लागि चवराचौतारा, जोरायल र बडीकेदार गाउँपालिकाका लागि बिपिनगर, आदर्श र सायल गाउँपालिकाका लागि मौवा र शिखर नगरपालिकाका लागि धुर्कोट र बन्लेकमा स्वाब परीक्षण सङ्कलन केन्द्र तोकिएको थियो ।
स्वाव सङ्कलन गरिएकाहरुको रिपोर्ट तीनदेखि चार दिनभित्रमा आउने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । गएको शनिबार मात्रै सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा भारतबाट कामगरी फर्किएका दुईजना युवामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अहिले यहाँका सबै प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका स्थानीय सरकारले लकडाउनमा थप कडाइ गर्नुका साथै आवतजावतमा पूर्ण रोक लगाएको छ । भारतसंग सीमा जोडिएका यहाँका सीमानाकाहरुमा सशस्त्र प्रहरी परिचालन गरी थपकडाइ गरिएको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको संवेदनशिलतालाई मध्यनजर गर्दै क्वारेन्टाइनमा बसेकाहरुको समयावधिको समय थप गरेको छ । यसअघि भारतलगायत अन्य मुलुकबाट आएकालाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको थियो । यो अबधि सरकारको निर्णयानुसार एकहप्ताका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले क्वारेन्टाइनमा राखिएकालाई थप एक हप्ता गरि २१ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न सम्बन्धित पालिकालाई पत्राचार गरिसकेको बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिन पहिले प्रदेशवासीलाई सम्बोद्धन गर्दै क्वारेन्टाइनको समयावधि एक हप्ता थपगरी २१ दिन पु¥याउन सबै स्थानीय तहलाई आग्रह गरेका छन् । रासस
News Desk 0 response बिहिबार, चैत्र २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३



