

-
सप्तरी । स्वास्थ्य निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट ३७ जना खुशीसाथ घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकाले दुई साताको बसाइपछि उनीहरूलाई घर जान इिएको हो ।
राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलबाट एक महिला र नौ पुरुष, कञ्चनरूप नगरपालिका–८ स्थित सर्वोदय माविबाट १० पुरुष, विष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि विष्णुपुर कट्टीबाट नौ पुरुष तथा छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालाबाट एक महिला र सात पुरुष घर फर्किएका हुन् ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले १४ दिनको स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएकाहरूलाई तत्काल घरमै सुरक्षित बस्न निर्देशन दिई आफन्तको जिम्मा लगाएर घर पठाइएको बताए । मजदुरीका लागि भारत, मलेशिया, कतार, साउदी अरबलगायत विभिन्न देश गएका उनीहरू नेपाल फर्किएपछि क्वारेन्टाइनमा बसेका थिए ।
अहिले क्वारेन्टाइनमा १४ पुरुष थपिएका छन् । महादेवा गाउँपालिका–३ स्थित मावि बथनाहामा छ, सुरुङ्गा नगरपालिका–५ स्थित मसिलाल मावि कुशहामा चार, राजगढ गाउँपालिका–३ स्थित जसमावि नर्घोमा तीन र अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनचेतना मावि घोघिदाहामा एक पुरुष क्वारेन्टाइनमा थपिएका हुन् । अब क्वारेन्टाइनमा सात महिला र २२० पुरुष रहेका छन् ।
कोरोना सङ्क्रमणको आशङ्कामा सप्तरीको राजविराजस्थित आइसोलेसनमा भर्ना भएकी एक महिलाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई पनि घर फर्काइएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको आइसोलेसनमा बस्दै आएका कञ्चनरूप नगरपालिका–११ गोरपारकी महिलाको रिपोर्ट नेगेटिभ आएको र ज्वरोलगायत अन्य स्वास्थ्य समस्या नरहेपछि घर फर्काइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिएका छन् । कोरोनाको लक्षण नभेटिएको र परिवारका सदस्यहरूसँग लामो समयपछि भेंट हुने दोहोरो खुशी लिएर घर फर्किएको कञ्चनरूपकी लीलादेवी खङ्गले बताइन् । रासस
News Desk 0 response बुधबार, चैत्र २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२