

-
बागलुङ । कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूध जस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कडाइ गरिएको हो । अघिल्ला दिनका तुलनामा आइतबारदेखि मानिसको हिँडडुलमा कमी आएको छ । आइतबार ‘लकडाउन’ अटेर गरी बजारमा हिँड्ने ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सोमबार बिहानै पनि ३० पक्राउ परेका थिए । नियन्त्रणमा लिइएकालाई सम्झाइ बुझाइ गरेर छाडिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । प्रहरीले अत्यावश्यक काम नपरी घर बाहिर ननिसक्न सबैमा आग्रह गरेको छ ।“दैनिक उपभोग्य वस्तुपनि फोनबाट घरमै मगाउन अनुरोध गरेका छौँ”, उनले भने, “लकडाउनको पालना गराउन हाम्रो तर्फबाट सक्दो प्रयास भइरहेको छ, उल्लङ्घन भए थप कडाइ गर्र्छौ ।” उनले पछिल्ला दिनमा ‘लकडाउन’ प्रभावकारी बनेको उल्लेख गरे । बागलुङमा कोभिड–१९ का दुई जना बिरामी फेला परेका छन् । सङ्क्रमित भेटिएसँगै थप जोखिम बढेपछि ‘लकडाउन’ कडा पारिएको हो ।
सङ्क्रमित दुवैको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार दुवैको अवस्था सामान्य छ । यही चैत ४ गते बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीय किशोरी र सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा सो भाइरसको सङ्क्रमण भेटिएको थियो । दुवै जना कतार एयरको क्यूआर ६५२ बाट नेपाल आएका थिए । सङ्क्रमितका परिवारका सदस्यमा भने कोरोना भाइरसको सङ्क्रमण देखिएको छैन । यसैबीच, सरकारले सङ्क्रमितको बसोबास क्षेत्र, आफन्त र विदेशबाट आएका सबै व्यक्तिको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विदेशबाट आएका करिब ९ सय र सङ्क्रमितका छिमेकी, आफन्त गरेर एक हजार जतिको र्यापिड टेस्ट गरिने भएको छ । थप सङ्क्रमणको जोखिम बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



