

-
काभ्रेपलाञ्चोक । कोरोना भाइरसको परीक्षण गरिएका १७ जनाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । कोरोना भाइरससँग मेलखाने लक्षण देखिएका कारण आइसोलेसनमा राखिएका उनीहरुको सोमबार धुलिखेल अस्पतालमा ‘स्वाब’ परीक्षण गरिएको थियो ।
अस्पतालमा पहिलोपटक भएको कोरोना भाइरसको परीक्षणमा १७ जनाकै रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । “पहिलोपटक परीक्षण भएकाले तीन पटकसम्म परीक्षण गर्दा तीनै पटकको रिपोर्ट नेगेटिभ आएको छ”, उनले भने । उनका अनुसार अस्पतालको आइसोलेसनमा आइतबार छ र सोमबार ११ जनालाई राखिएको थियो । कोरोना भाइरस परीक्षण गरिएकाको नाम, वतन भने गोप्य राखिएको छ ।
वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि २० लाख उपलब्ध गराएपछि सोमबारदेखि धुलिखेल अस्पतालले परीक्षण शुरु गरेको हो । पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने आशङ्कामा काभ्रेपलाञ्चोकमा विदेशबाट आएका एकलाई मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट घर फर्किएर मण्डनदेउपुर नपास्थित क्वारेन्टाइनमा बसेका आठमध्ये हाल एक बाँकी छन । “अन्यलाई स्वास्थ्य परीक्षण गरी कुनै लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमै पठाइयो, उनीहरुको निगरानी भइरहेको छ”, झाले भनेका छन् ।
पेटको समस्या भएपछि धुलिखेल अस्पताल भर्ना भएकी पनौती नपा–१२ कोलाँतीस्थित मगरगाउँको ४८ वर्षीया मधुमाया तामाङको उपचारका क्रममा मृत्यु भएपछि कोरोना भाइरस आशङ्कामा एकै गाउँका एक बालकसहित १० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । कोरोना परीक्षण गरिएकामध्ये उनीहरु पनि हुन् । उनीहरुलाई सोमबार साँझ घर पठाइएको छ । तामाङको एक छोरी यही चैत ३ गते मात्रै विदेशबाट नेपाल आएको बताइएको छ । मृतक तामाङको मृत्युको रिपोर्ट आइनसकेको झाले बताए ।
यसैबीच काभ्रेपलाञ्चोकका १३ स्थानीय तहले क्वारेन्टाइन व्यवस्थित गरेका छन् । कार्यालयका अनुसार छ नपा र सात गाउँपालिकामा ३२१ श्ययाका क्वारेन्टाइन व्यवस्थित भएका हुन् । जसअनुसार बनेपा नपामा ६५, धुलिखेलमा ६०, पनौतीमा २० र मण्डनमा २०, पाँचखाल १०, नमोबुद्ध नपामा १८ तथा खानीखोला गाउँपालिकामा १५, तेमालमा पाँच, चौँरीदेउरालीमा पाँच, बेथानचोकमा आठ, रोशीमा १०, महाभारतमा ६५ र भुम्लु गाउँपालिकामा २० श्ययाका क्वारेन्टाइन व्यवस्थित गरिएका हुन् । रासस
News Desk 0 response मङ्लबार, चैत्र २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



