

-
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित युवकको परिवारका सदस्यको बुधबार नमूना सङ्कलन गरिएको छ । दुई स्वास्थ्यकर्मी र कोरोना सङ्क्रमित परिवारका सदस्यसहित १३ जनाको नमूना सङ्कलन गरिएको अस्पतालले जनाएको छ ।
सङ्कलित स्वाबको परीक्षण भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने अस्पतालको आकस्मिक विभाग प्रमुख डा।जगदीश जोशीले बताउनुभयो । सङ्क्रमितका परिवारका सदस्याको नमूना सङ्कलन गर्न जरुरी नदेखिएको भन्दै यस अघि नमूना सङ्कलन गरिएको थिएन । सङ्क्रमित धनगढीका ३४ वर्षीय पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बुधबारसम्म पाँच स्वास्थ्यकर्मीसहित ३९ जनाको स्वाब नमूना परीक्षणका लागि पठाइएकामा एक जनामा पोजेटिभ, २५ मा नेगेटिभ देखिएको र अन्य १३ को जानकारी आउन बाँकी रहेकोे अस्पतालले जनाएको छ ।
नेपाल सरकारले कारोनाको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालका लागि पठाएको पोर्टेबल पिसिआर मेसिनको जडान भइरहको छ । यो उपकरणबाट नमूनाको परीक्षण शुरु गरिएपछि यस अघिसम्म नमूना जाँचका लागि काठमाडौँ पठाउनुपर्ने समस्या समाधान हुने छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लाभरि विभिन्न ठाउँमा बुधबारसम्म ३५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाको शङ्कास्पद सात जनालाई आइसोलेसनमा राखिएको छ । अहिलेसम्म आइसोलेसनबाट १९ जना उपचारपछि फिर्ता भएको जनाइएको छ ।
News Desk 0 response बिहिबार, चैत्र २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



