

-
बलेवा । पहिलेको धौलागिरि अञ्चलका झण्डै ६ लाख सर्वसाधारणको उपचार केन्द्र धौलागिरि अञ्चल अस्पतालमा आपत्कालीन अवस्थामा बिरामी राख्ने सघन उपचार कक्षको व्यवस्था भने छैन । कोभिड–१९को संक्रमण हुन सक्ने त्राससँगै अञ्चल अस्पतालमा आइसियुको अभाव महसुस गर्न थालिएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकै एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यही अस्पतालमा राखिएको छ । उनको अवस्था सामान्य रहेकाले समस्या नरहेको चिकित्सक बताउँछन् । यदि उनीलगायत अरुलाई आइसियुमा राख्नुपर्ने अवस्था आए यहाँ सम्भव छैन । आइसियुमा बस्नुपर्ने अवस्थामा यहाँ आउने गरेका बिरामीलाई पोखराका विभिन्न अस्पतालमा सिफारिस गरिँदै आएको छ ।
‘हामीसँग आईसियुका लागि इक्विपमेण्टहरु छैनन्, जनशक्ति पनि केही थप्नुपर्ने हुन्छ’ अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी. पोखरेलले भने, ‘कोरोनाका सामान्य बिरामी आए हामीसँग आइसोलेसन बेड छ तर भेण्टिलेटर चलाउनुपर्ने अवस्थामा हामीले बिरामी लिन सक्दैनौंँ ।’ ‘कोरोनाको संक्रमण भएर उच्च ज्वरो तथा अन्य लक्षण देखापरे आइसियुमा राखेर अक्सिजन दिनुपर्ने हुन्छ, संक्रमण फैलिएर बिरामी आए भने अस्पतालले सुविधा दिन सक्ने अवस्था नरहेको डा पोखरेलले बताएका छन् ।
कोरोनाको सन्त्रास धौलागिरिका सबै जिल्लामा छ । केही दिनअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ देखा परेसँगै उनीसँगै आएकाहरुको खोजी भइरहेको छ । सँगै जहाजमा आउनेहरु पर्वत, बागलुङलगायत जिल्लाका रहेकाले सम्भावित संक्रमणको खतरा यहाँ छ । ‘आइसियुको लागि हामीले आएदेखि नै प्रयास थालेका हौंँ’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले भने, ‘सरकार केही पठाउँदैन, हामीले चाहेर मात्रै हुने कुरा रहेनछ ।’
आइसियुका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको तयारीमा आफूहरु भए पनि मेडिकल इक्विपमेण्टकै सुनिश्चितता नभएको अध्यक्ष रानाको जिकिर छ । रासस
News Desk 0 response आइतवार, चैत्र १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



