-
बलेवा । पहिलेको धौलागिरि अञ्चलका झण्डै ६ लाख सर्वसाधारणको उपचार केन्द्र धौलागिरि अञ्चल अस्पतालमा आपत्कालीन अवस्थामा बिरामी राख्ने सघन उपचार कक्षको व्यवस्था भने छैन । कोभिड–१९को संक्रमण हुन सक्ने त्राससँगै अञ्चल अस्पतालमा आइसियुको अभाव महसुस गर्न थालिएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकै एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यही अस्पतालमा राखिएको छ । उनको अवस्था सामान्य रहेकाले समस्या नरहेको चिकित्सक बताउँछन् । यदि उनीलगायत अरुलाई आइसियुमा राख्नुपर्ने अवस्था आए यहाँ सम्भव छैन । आइसियुमा बस्नुपर्ने अवस्थामा यहाँ आउने गरेका बिरामीलाई पोखराका विभिन्न अस्पतालमा सिफारिस गरिँदै आएको छ ।
‘हामीसँग आईसियुका लागि इक्विपमेण्टहरु छैनन्, जनशक्ति पनि केही थप्नुपर्ने हुन्छ’ अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी. पोखरेलले भने, ‘कोरोनाका सामान्य बिरामी आए हामीसँग आइसोलेसन बेड छ तर भेण्टिलेटर चलाउनुपर्ने अवस्थामा हामीले बिरामी लिन सक्दैनौंँ ।’ ‘कोरोनाको संक्रमण भएर उच्च ज्वरो तथा अन्य लक्षण देखापरे आइसियुमा राखेर अक्सिजन दिनुपर्ने हुन्छ, संक्रमण फैलिएर बिरामी आए भने अस्पतालले सुविधा दिन सक्ने अवस्था नरहेको डा पोखरेलले बताएका छन् ।
कोरोनाको सन्त्रास धौलागिरिका सबै जिल्लामा छ । केही दिनअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ देखा परेसँगै उनीसँगै आएकाहरुको खोजी भइरहेको छ । सँगै जहाजमा आउनेहरु पर्वत, बागलुङलगायत जिल्लाका रहेकाले सम्भावित संक्रमणको खतरा यहाँ छ । ‘आइसियुको लागि हामीले आएदेखि नै प्रयास थालेका हौंँ’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले भने, ‘सरकार केही पठाउँदैन, हामीले चाहेर मात्रै हुने कुरा रहेनछ ।’
आइसियुका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको तयारीमा आफूहरु भए पनि मेडिकल इक्विपमेण्टकै सुनिश्चितता नभएको अध्यक्ष रानाको जिकिर छ । रासस
News Desk 0 response आइतवार, चैत्र १६, २०७६
सम्बन्धित शीर्षकहरु
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ : परराष्ट्रमन्त्री राणा
मङ्लबार, माघ १, २०८१अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१-
सुडानको राजधानी खार्तुममा भएको गोलाबारीमा १ सय..
मङ्लबार, माघ १, २०८१ -
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१
-
विपिन जोशीको रिहाइबारे थप आशावादी भएका छौँ..
मङ्लबार, माघ १, २०८१ -
अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण पदयात्रा सुरु
आइतवार, पुस २१, २०८१