

-
भक्तपुर । सूर्यविनायक नगरपालिकाले कोरोना भाइरसका शङ्कास्पद व्यक्ति राख्न १०० जना क्षमताको क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकामा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको अगुवाइमा नगरपालिकाका प्रमुख वासुदेव थापाको नेतृत्वमा बनेको टोलीले कोरोना भाइरसको सङ्क्रमण रोक्नदेखि उपचारसम्मको व्यवस्था गरेको छ ।
नगरपालिकाले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रत्येक वडामा प्रतिकार्य योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । स्थानीय बासिन्दामा कोरोना भाइरसको लक्षण देखिए राख्न क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गर्ने व्यवस्था गरेको जानकारी दिँदै नगरपालिका प्रमुख थापाले भने, “नगरपालिकाले १०० शङ्कास्पद बिरामी राख्ने क्षमताको सुविधासम्पन्न आवाससहितको क्वारेन्टाइनको व्यवस्था गरिसकेका छौँ, हाम्रो नगरपालिकामा औषधिदेखि खाद्यान्नसम्मको अभाव हुन दिन्नौँ ।”
नगरवासीलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या आएमा प्रत्येक वडाको स्वास्थ्य चौकी सम्पर्क गर्न वा नगरपालिकाले तयार पारेको चिकित्सकको टोलीलाई टेलिफोनबाट वा प्रत्यक्ष भेटेर परामर्श लिन र स्वास्थ्य परीक्षण गर्नसक्ने व्यवस्था गरेको नगरप्रमुख थापाले जानकारी दिए ।
सूर्यविनायक नगर अस्पताल दधिकोटका डा निशा राई, डा अनन्त थापा, नगर स्वास्थ्य संयोजक वसन्त चापागाइँ र सहसंयोजक विक्रम मगरसहित स्वास्थ्य चौकीमा सिरुटारका मदन राजथला, बालकोटका पुण्यप्रसाद काफ्ले, कटुञ्जेका स्वस्ती आचार्य, गुण्डुका मुकुन्दप्रसाद चौलागाईं, सिपाडोलका उमेशचन्द्र धौवडेल, नङ्खेलका राजीव महतो, चित्तापोलका राजेन्द्र फैंजु र नगर प्रहरी निरीक्षक विश्वराम नगरकोटी रहेको स्वास्थ्य टोली नगरपालिकाले परिचालन गरेको छ ।
उक्त अस्पतालमा कोभिड–१९ को आकस्मिक स्वास्थ्य परीक्षण, कोरोना सङ्क्रमित मात्रै बोक्ने एम्बुलेन्स, स्वास्थ्यकर्मीका लागि पिपीइलगायतको आवश्यक व्यवस्था नगरपालिकाले गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले जानकारी दिएका छन् ।
“स्कूल कलेजमा क्वारेन्टाइन बनाउने प्रस्ताव आएको थियो, क्वारेन्टाइनमा एउटै पानी, एउटै धारा, एउटै शौचालय प्रयोग गर्दा एक जनामा मात्रै कोरोना भाइरस रहेछ भने सबैलाई सर्न सक्छ”, ज्ञवालीले भने, “सुरक्षालाई ख्याल गर्दै नगरपालिकाले होटलका सुविधायुक्त कोठालाई क्वारेन्टाइ बनाउने भएका छौँ, होटल छनोट गरेर तयारीमा राखेका छौँ ।”
सूर्यविनायकमा दुई सातायता अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, मेलेशिया, दुबई, कतार, कुबेत, भारत, बङ्गलादेश, कोरिया, पोल्याण्ड, साइप्रस, इण्डोनेशिया, मकाउबाट फर्किएका २१ महिला, ५० पुरुषसहित ७१ जनाको वडागत लगत सङ्कलन गरी घरभित्रै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परामर्श गराइएको जानकारी दिँदै उनले विदेशबाट आएकालाई कम्तीमा १४ दिन घरभित्रै बस्न भनिएको र अटेर गरे नगरपालिकाको क्वारेन्टाइनमा लगेर राख्ने बताए ।
स्थानीयमा रुघा, सुक्खा खोकी, उच्च ज्वरो र थकाइ लाग्ने लक्षण देखिएमा स्वास्थ्य संस्था एवं वडास्थित निर्वाचित जनप्रतिनिधिलाई तत्काल खबर गर्न आह्वान गरेको छ । नेपाल सरकारले तोकेको अनिवार्य सेवाहरु वडासमितिले सञ्चालन गर्ने, वडागत घरपरिवारको विवरण सङ्कलन गरी आवश्यकता पर्दा नेपाली सेना वीर दल गण, प्रहरी र नगरपालिकाको संयुक्त पहलमा घरदैलोमै खाद्य सामग्री उपलब्ध गराउने भएको छ ।
खाद्य तथा तरकारी पसल खोल्ने निश्चित समय तोक्ने, प्रत्येक पसलमा अनिवार्यरूपमा साबुनपानीले हात धुने, चिया बिक्री गर्न नपाइने, दूरी कायम गर्दै पसल धनीले समेत आवश्यक स्वास्थ्य सतर्कता अपनाउने आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय भएको छ । इँटाभट्टालगायत अन्य औद्योगिक तथा निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुको विवरण वडागतरूपमा सङ्कलन गर्ने र त्यस्ता मजदुरलाई दैनिक उपभोग्य सामग्री अभाव भएमा वडाध्यक्षले सम्बन्धित उद्योग तथा निर्माण व्यवसायीसँग समन्वय गरी वितरण गरिने भएको छ ।
सांसद बस्नेतले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले विशेष रणनीति तय गरेकाले कोही पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । भाइरसको सङ्क्रमणबाट आफू, आफ्नो परिवार, समाज तथा सम्पूर्ण नागरिकलाई बाँच्ने र बचाउने कार्यमा नेपाल सरकारले गरेको लकडाउनलाई सबैले पालना गर्न उनले अपिल गरेका छन् । रासस
News Desk 0 response आइतवार, चैत्र १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



