

-
बेनी । म्याग्दी प्रवेशको मुख्यद्वार बेनी बजारको सडकमा कीटनाशक औषधि छरिएको छ । प्रजिअ ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरीक्षक कुँभरको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोलीले आज दमकलको प्रयोग गरी बेनी बजारभित्र र आसपासका सडकमा पानीमा क्लोरिन मिसाएर बनाइएको कीटनाशक औषधि छरेका हुन् ।
कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत सडकमा कोरोना सङ्क्रमित व्यक्तिहरु आवतजावत गरेको हुनसक्ने भएकाले भाइरसलाई नै नष्ट गर्ने कीटनाशक औषधि छरिएको प्रजिअ ढकालले बताएका छन् । बेनी बजार क्षेत्रसँगै मानिसको आवतजावत बढी हुने क्षेत्र र बाक्लो बस्ती भएका स्थानका ग्रामीण सडकमा समेत कीटनाशक औषधि छर्ने योजना रहेको प्रजिअ ढकालको भनाइ छ ।
जिल्ला सुरक्षा समितिले म्याग्दीमा सरकारले घोषणा गरेको लक डाउन र समितिले जारी गरेको निषेधाज्ञाको कार्यान्वयन गराउनसमेत सक्रियता बढाएको छ । बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत नागरिकलाई घरभित्र बस्न आग्रह गर्ने र विदेशबाट चैत महिनायता घर आएकालाई क्वारेन्टाइनमा राख्न थालिएको छ । विदेशबाट आएका व्यक्तिहरुको वडा र गाउँपालिकामार्फत लगत सङ्कलनको कार्य भएसँगै चैत १ गतेयता विदेशबाट आएकालाई बेनीको न्यू वेष्ट प्वाइन्ट र माउन्ट एभरेष्टको भवन तथा स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा राख्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
News Desk 0 response शनिबार, चैत्र १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



