-
बेनी । म्याग्दी प्रवेशको मुख्यद्वार बेनी बजारको सडकमा कीटनाशक औषधि छरिएको छ । प्रजिअ ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरीक्षक कुँभरको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोलीले आज दमकलको प्रयोग गरी बेनी बजारभित्र र आसपासका सडकमा पानीमा क्लोरिन मिसाएर बनाइएको कीटनाशक औषधि छरेका हुन् ।
कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत सडकमा कोरोना सङ्क्रमित व्यक्तिहरु आवतजावत गरेको हुनसक्ने भएकाले भाइरसलाई नै नष्ट गर्ने कीटनाशक औषधि छरिएको प्रजिअ ढकालले बताएका छन् । बेनी बजार क्षेत्रसँगै मानिसको आवतजावत बढी हुने क्षेत्र र बाक्लो बस्ती भएका स्थानका ग्रामीण सडकमा समेत कीटनाशक औषधि छर्ने योजना रहेको प्रजिअ ढकालको भनाइ छ ।
जिल्ला सुरक्षा समितिले म्याग्दीमा सरकारले घोषणा गरेको लक डाउन र समितिले जारी गरेको निषेधाज्ञाको कार्यान्वयन गराउनसमेत सक्रियता बढाएको छ । बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत नागरिकलाई घरभित्र बस्न आग्रह गर्ने र विदेशबाट चैत महिनायता घर आएकालाई क्वारेन्टाइनमा राख्न थालिएको छ । विदेशबाट आएका व्यक्तिहरुको वडा र गाउँपालिकामार्फत लगत सङ्कलनको कार्य भएसँगै चैत १ गतेयता विदेशबाट आएकालाई बेनीको न्यू वेष्ट प्वाइन्ट र माउन्ट एभरेष्टको भवन तथा स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा राख्न थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
News Desk 0 response शनिबार, चैत्र १५, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१