

-
काठमाडौँ । शङ्खरापुर नगरपालिकाले कोरोनाको सङ्क्रमणबाट बचाउन चार श्यया एकान्तवास (आइसोलेसन) र नौ श्यया क्वारेन्टाइनको व्यवस्था गरेको छ । सुष्मा कोइराला मेमोरियल र पिपुल्स लाइफ केयर अस्पतालमा दुई–दुई एकान्तवासको व्यवस्था गरिएको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिएका छन् । नगरपालिकाको वडा नं ९ स्थित इन्द्रायणीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा नौ श्ययाको क्वारेन्टाइन व्यवस्था गरिएको उनले बताएका छन् ।
नगरपालिकाले वडावडामा गठन भएका विपद् व्यवस्थापन समितिमार्फत मास्क, स्यानिटाइजर वितरण र साबुनपानीले हात धुने जनचेतना फैलाउन थालेको छ । मुख्यमुख्यचोकमा पानी र साबुनसहित हात धुने व्यवस्था गरिएको छ । मास्क, स्यानिटाइजरजस्ता कोरोनाबाट बच्न आवश्यक सुरक्षा सामग्री नगरभित्रै उत्पादनका लागि पहल गर्ने निर्णयसमेत नगर कार्यपालिकाले गरेको छ ।
बाहिरबाट नगर छिर्ने व्यक्तिका लागि सहयोग कक्षको स्थापना गर्न लागिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । खाद्य सङ्कट हुन नदिने गरी तयारी थालिएको नगरपालिकाले जनाएको छ । रासस
News Desk 0 response शनिबार, चैत्र १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीमातहत राख्ने गरी विशेष..
सोमवार, साउन २५, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३
-
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
प्रधानमन्त्री शाहसँग चीनका राजदूतको भेटवार्ता
सोमवार, साउन २५, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



